राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् ।
विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले
बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भनेपनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधा मन्त्री र गोली हान्ने प्रहरीका डिएस्पीलाई प्रक्राउ गरेर जेल किन नहालेको ?’ उनले प्रश्न गर्दै भने,‘हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्री जस्तो मान्छेले जे पाए त्यही बोल्न पाइँदैन् ।’
उनले भने,‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नुहुन्छ तर सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसँग चिया खाइ रहेका छन् । कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो ?’
सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित