बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ । हिजो प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच ६ बुँदे सहमतिपछि २७ दिनदेखि भैरहेको आन्दोलन टुङ्गिएको हो ।
दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आउँदो फागुन ६ गतेदेखि अन्तर्वार्ता शुरु गर्ने र त्यसको एक हप्ताभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ । आन्दोलनकारीलाई पूर्वाग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ । प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित