logo
Logo Side Banner

मध्यपहाडी लोकमार्गमा पर्ने बाग्लुङको निसीमा बस्ती विस्तार हुँदै

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

बाग्लुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्दो क्रममा रहे पनि खानेपानीको समस्या छ । निसीमा बाहिरबाट आएर पनि मानिस बसोबास गर्न थालेका छन् । पानी र अन्य पूर्वाधार प्रयोग गर्ने उपभोक्ता बढ्दै गएको अवस्थामा मुख्यगरी खानेपनीको समस्या छ ।

निसीमा झण्डै १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था छ । स्थानीय भुलबहादुर विकले तीन दशक अगाडि निर्माण भएका धारा पनि व्यवस्थित नभएका गुनासो गर्नुभयो । त्यस्तै सङ्घीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुन सकेको छैन ।

बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा सात सय ४६ वटा धारा बनाउनका लागि सर्वेक्षण गरे पनि अरु काम अगाडि बढेको छैन । खानेपानीको आयोजना सम्पन्न गर्न झण्डै १३ करोड लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित छ । आयोजनाका इन्जिनियर नवीन सुवेदीले दुई वर्षमा सकिनुपर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउनुभयाे । 

प्रतिक्रिया दिनुहोस