प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ–गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ ।
सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्स्एप, टिकटक लगायतको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्नेदेखि ह्याकिङ, चोरी र ठगीसम्मका गतिविधि बढेका छन् । अनलाइनमार्फत् यौन हिंसा, दुव्यर्वहार र चरित्रहत्या जस्ता आपराधिक गतिविधि बढेका छन् ।
नेपाल प्रहरीका अनुसार यस्तै अपराधबाट पीडितहरूबाट एक दिनमा औसतमा ६५ वटाभन्दा धेरै उजुरीहरु परिरहेका छन् । गत साउनदेखि मंगलबारसम्म साइबर अपराध सम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका प्रहरीले जनाएको छ । तीमध्ये ११ हजार ४२५ वटा उजुरी सामाजिक सञ्जाल सम्बन्धी छन् भने बाँकी सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराधका १ हजार ९०५ वटा रहेका छन् ।
साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई साइबर ब्यूरोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नोे
नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएका छन् ।
सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको प्रवक्ता ढकालले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित