logo
Logo Side Banner

बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि एमाले धादिङको अधिवेशन स्थगित

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिएका छन् । 

आईतबार एक विज्ञप्त िजारी गर्दै अर्को सूचना जार िनभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेले जानकारी दिए । 
बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । 
‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखाप¥यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ  ।

प्रतिक्रिया दिनुहोस