जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर
युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद छन् ।
जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई नश्लिय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ