logo
Logo Side Banner

पूर्व राष्ट्रपतिद्धारा सराङ्गकोट क्षेत्रको निरीक्षण

News LogoSita 10 महिना अगाडि
87 2 minutes read

नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सराङ्गकोट धार्मिक पर्यटन क्षेत्रको निरीक्षण सहित शिव मन्दिरमा विशेष पूजा गर्नुभएको छ ।

विश्व माझ धार्मिक एंव पर्यटन क्षेत्रको रुपमा परिचित सराङ्गलाई बृशत क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले १८ वर्ष अघिदेखि निर्माण शुरु गरीएको विशाल शिव मन्दिर, पञ्चमुखी गणेश मन्दिर, भूमिकालिका भैरव, १०८ शिवमूर्ति, भ्यू टावरको निर्माण गरीएको समितिको अध्यक्ष प्रेम बहादुर जि.सि.ले बताए।

निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको हितलाई महत्वमा राखी धार्मिक पर्यटन क्षेत्रको विकास गर्न सके पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो ।

आफनो भ्रमण राजनितिक रुपमा नभई नेपालको पर्यटन, धार्मिक क्षेत्रको अवलोकन मात्र भएकोले सबैले साझा रुपमा बुझी, सदभाव कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । सो अवलोकनको अवसरमा समितिका संरक्षक भागवत भाष्कर पण्डित कमल नयन गौतमले धार्मिक क्षेत्रको विकास संरक्षणले नै नेपालको परिचय विश्वमाझ गराउन सक्ने बताए ।

करिब ३५ करोड लगानी भएकोे निर्माणाधिन विशाल शिव मन्दिर, पञ्चमुखी गणेश भूमी, यज्ञशालि, भूमिकालिका भ्यूटावरको उद्धघाटन सहित साताव्यापी यज्ञ यहि फागुन १४ गतेदेखि २१ गते सम्म गरीन लागेको बताए ।

सो अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश के.सी., पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङ्ग, वार्ड अध्यक्ष शिवप्रसाद तिमिल्सिना, पूर्व उपसभामुख सृजना शर्मा लगाएतले निरीक्षण सहित यस क्षेत्रको विकासमा सहयोग गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस