logo
Logo Side Banner

बाजुरामा भूकम्पबाट एक सय २३ वटा घरमा क्षति

News LogoSita 10 महिना अगाडि
87 2 minutes read

बाजुरामा हिजो बिहान गएको भूकम्पबाट  एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको वडा ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर विवरण सङ्कलन गरिएको थियो ।

क्षति पुगेका घरको सङ्कलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पुर्‍याएको र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या एक सय २३ रहेको बताउनुभयो ।

बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उहाँको भनाइ छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पुर्‍याउने काम शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस