पोखरा । क्षेत्री समाज नेपालले पूर्वराष्ट्रपति विद्या भण्डारीसमक्ष जातिय आरक्षणको खारेजीको माग गरेको छ । बुधवार पोखरामा पूर्वराष्ट्रपति भण्डारीसँग समाजका पदाधिकारीहरुले गरेको भेटमा सो माग गरेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको एकिकरण, राष्ट्र, राष्ट्रियता संविधान निर्माणमा क्षत्री जाति र समाजको भूमिका सशक्त रहेको बताईन् । उनले देशलाई सबै जातिको साझा बनाउन सदभाव कायम गराउन समाजले सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिईन् ।
भेटका क्रममा क्षत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्णबहादुर थापाले समाजले अगाडी सारेको राष्ट्रियता जातीय सदभाव सम्वन्धमा पनि जानकारी पूर्वराष्ट्रपतिलाई जानकारी गराएका थिए ।
भेटमा क्षत्री समाजका केन्द्रिय अध्यक्ष रिवबहादुर थापाले पूर्वराष्ट्रपतिले नागरिक विधेयकमा खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिए ।
सो भेटमा समाजका सल्लाहकार प्रदेश भौतिक पुर्वाधर मन्त्री प्रकाश के.सी सांसद भिम कार्की र्पूव सांसद कृष्ण थापा , प्रेम बहादुर जि .सि,समाजका सचिवालय सदस्य भरत बहादुर बस्नेत ,सचिव सिब थापा , कोषाध्यक्ष शंकर के.सी जिल्ला अध्यक्ष दिल बहादुर अधिकारी ,अध्यक्ष अर्चना बस्नेत ,प्रवक्ता तिर्थ के.सी को उपस्थिती रहेको थियो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ