नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरु मा हराउँदै दोस्रो जीत हात पारेको छ । पोखराले विराटनगरलाई १३ रनले हरायो ।
सुपर ओभरु मा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रनमात्र बनाउन सक्यो । यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि खेल सुपर ओभरु मा पुगेको हो । एनपीएलमा यो पहिलो सुपर ओभरु हो । पोखराका आन्द्रेस गौसले ३९, रेमोन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २र२ विकेट लिए ।
यो जीतसँगै पोखरा ५ खेलमा ४ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी
सहयोगका लागी आह्वान