आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यो वर्ष दिगो भविष्यका लागि जलवायु अनुकूलन, नवप्रवर्द्धन र युवामा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेपछि सन् २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घलगायत अन्य सरोकारवाला संस्थाले कार्यक्रम गर्दैछन् । नेपाल पर्वतारोहण सङ्घले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा पोखरामा नवौं पर्वतीय महोत्सव गरिरहेको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैरो पोखरामा यही मङ्सिर २३ गतेदेखि भइरहेको महोत्सव भोलि सकिँदैछ । पर्सि शुक्रवार पर्वतारोहीसँग अन्तरसंवाद कार्यक्रम रहेको सङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ