logo
Logo Side Banner

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखराका व्यवसायी कोशी र मधेस प्रदेशको भ्रमणमा

News LogoSita 10 महिना अगाडि
87 2 minutes read

पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको सहयोगमा ३० जनाको टोली कोशी र मधेस प्रदेशको भ्रमणमा गएको हो ।

टोलीले कोशी र मधेस प्रदेशका मुख्य शहरमा गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रम गर्नेछ । अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गतेसम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायीको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गर्ने नाट्टा गण्डकी पूर्व अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । साथै प्रदेश तथा पालिकासँग सहकार्य बढाउने, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीलगायतलाई पोखरा भ्रमणको निम्तो दिने तयारी छ ।

यसबाट देशभित्रै आर्थिक गतिविधि बढाउन, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवम् आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस