logo
Logo Side Banner

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

News LogoSita एक महिना अगाडि
87 2 minutes read

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी हुनुहुुन्थ्यो । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराउनुभएको थियो । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराउनुभएको थियो ।

अहिले दुई देशका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिजो जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस