प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका जनाएको छ । आफूहरुले बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण ३३ जना इजरायली मारिएका र केही हराइरहेको हमासले दाबी गरेको छ ।
हमासले इजरायली आक्रमणबाट बन्धकहरु मारिएको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ । केही भिडियोमा बन्धकहरुले घरपरिवारलाई आफ्नो अन्तिम सन्देश पठाएको सुनिन्छ । गाजामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निरन्तर नरसंहारको कारण थप बन्धकहरु पनि मारिने सम्भावना रहेको हमासले चेतावनी दिएको छ ।
युद्ध रोक्ने निर्णयबारे धेरै ढिलो नगर्न हमासले नेतान्याहुलाई सुझाव दिएको छ । हमासले अस्ति एक जना बन्धकको भिडियो सार्वजनिक गरेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित