पछिल्लो २४ घण्टामा देशका विभिन्न १० ठाउँमा आगलागी भएको छ । हिउँद लागेसँगै आगलागीको जोखिम बढेको र २४ घण्टामै १० ठाउँमा आगलागीका घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाण्डौ, भक्तपुर र पर्वतमा आगलागी भएका ती घटनामा सात लाख रुपैयाँभन्दा धेरैकोे क्षति भएको छ । तीनजना घाइते भएका छन् ।
चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय ठाउँमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले बताउनुभयो ।
उहाँले आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित