चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० बाट केमोसहितका ३५ प्रकारका बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले औषधिसहित सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको उहाँले बताउनुभयो ।
अस्पतालका उपनिर्देशक डा। उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गरेको छ । पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा। नेपालको भनाइ छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
मेकानिक्स परिवारका लागी स्वास्थ्य सचेतना
पौवेगौडे समाजको भित्तेपात्रो विमोचन