पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ज्ञानभुमी माध्यमीक विधालयका विधार्थीहरुलाई सहयोग वितरण गरेको छ ।
स्थापनादेखि सहकारी सिद्दान्त अनुसारका कार्यहरुसहित संस्थाको १८ औ वार्षिक उत्सव सगै संस्थापक अध्यक्ष स्वार्गिय लोक बहादु्र थापाको स्मृतिमा सहयोग गरीएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
बिधालयमा कक्षा १ मा अध्यनरत १८ जना विधार्थीहरुलाई पोसाक स्टेशनरी समान र संस्थापक अध्यक्षका छोरा श्यामकृष्ण थापा बाट कार्पेटिङ सहयोग गरीएको थियो ।
साथै सोही कोष मार्फत संस्थाका सदस्य ब्लडक्यान्सर उपचारमा रहेका राम चन्द्र अधिकारी लाई रु २५००० र सदस्यहरुबाट संङकलीत रकम समेत हस्तानतरण गरीएको थियो । संस्थाले उपचारमा सहयोग गर्न सम्पुर्णमा अनुरोध समेत गरेको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा , विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचन ,संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी, सचिव कुल प्रसाद सुवेदी , सह सचिव माया कुमारी शर्मा ,शिक्षा समिति संयोजक जयराम पौडेल , रेडियो सराङकोटका निर्देशक चिन्तामणि वास्तोला , प्रधानध्यपक विनोद राज सुवेदी , ब्यवस्थापक सुरेन्द्र थापा , लगायतले संस्थागत भनाई राखेका थिए ।
संहकारी मार्फत कुल ५३ करोडको कारोबार संगै रेडियो सराङकोट संचालन ,विविध समाजिक कार्यहरु गदै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ