logo
Logo Side Banner

सहकारी विच सहकार्य आवश्यक

News LogoMina Shrestha 11 महिना अगाडि
87 2 minutes read

सहकारी सिद्धान्त अनुसार अन्तर सहकारी समन्वय आवश्यक रहेकोमा सहयोगी बहुउद्देश्यीय सहकारी संस्था र सराङकोट बहुउद्देश्यीय सहकारी बिच सहमति भएको छ । 

सहकारी अवलोकन ,छलफलका लागी पोखरा आएको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरुले पोखरामा रहेको सहकारी संग सम्बन्ध विस्तार गरी संस्थागत सहकार्य गर्ने कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठले बताइन । 


सहकारी प्रतिको केही अविश्वासलाई सहकारी संस्थाहरुले गतिविधि मार्फत विश्वास को स्थीती ल्याउन का लागी अन्तर सहकारी विच सहकार्य हुनु आवश्यक रहेको सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । 


वि .स २०५३ मा ललितपुरका स्थानिय ब्यवसायीहरुले स्थानिय उत्पादन लाई बढाउने उद्देश्य सहित स्थापना भएको सहयोगी संस्थाले विशषेत ललितपुरको र एतिहासिक सस्ँकृति जोडिएको नेपाली कपडा उत्पादन, जेष्ठ नागरीक सेवा , विद्यालय सञ्चालन , खाद्यन्न सेवा कार्यक्रमहरु सहित ६४ करोड ७७ लाखको कुल कारोबार सहित ५४ करोड २५ लाख लगानी गरेको संस्थापक अध्यक्ष नारायणलाल श्रेष्ठले बताए ।

वि.संंं. २०६३ मा कास्कीका स्थानीय सामाजिक, व्यवसायिक व्यक्तित्वहरुबाट स्थापित सराङ्गकोट सहकारीले समुदायप्रति सामुदायिक रेडियो सराङ्गकोट , सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सहित कुल ५४ करोडको कारोबार ४४ करोड लगानी गरेको कोषाध्यक्ष राममणि पौडेलले बताए ।

सहकारीको वर्तमान अवस्था, चुनौती ,अवसर सहित संस्थाले गर्नुपर्ने काम बारेमा छलफल भएको थियो । कार्यक्रममा सहयोगी बहुउद्धेश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष नारायणभक्त श्रेष्ठ, सल्लाहाकार विजय कुमार बस्नेत, सचिव आशिष श्रेष्ठ, व्यवस्थापक श्यामकृष्ण श्रेष्ठ, सराङ्गकोट बहुउद्धेश्यीय सहकारीका सल्लाहाकार इन्द्रकमल मानन्धर, सहसचिव मायाकुमारी शर्मा, व्यवस्थापक सुरेन्द्र थापाले संस्थागत भनाई राखेका थिए ।


 

प्रतिक्रिया दिनुहोस