logo
Logo Side Banner

सहयोगका लागी आह्वान

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । मानवीय सेवा कार्यमा  सहयोग आदनप्रदान भन्ने मुलमन्त्र अनुसार सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यको स्वास्थय उपचारको लागी सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले आम समुदाय संग सहयोगको लागी आह्वान गरेको छ । 

बर्ष ३८ का रामचन्द्र अधिकारी केही बर्ष देखी ब्लड क्यानसर रोगले ग्रसित भई वोनम्यारो टान्सप्लान्ट गर्नुपर्ने भएकाले सो को लागी २५ लाख भन्दा बढी खर्च लाग्नेमा परिवारको स्थिती नाजुक भएकाले उपचारका लागी संस्थाले पनि सक्दो सहयोग गर्ने र सदस्यहरु बाट सक्दो सहयोगका लागी अनुरोध गरीएको छ । सहयोगका लागी संस्थाले तोकीएको बैक खाता वा संस्थामा आई जम्मा गर्ने ब्यवस्था गरीएको संङकलन विवरण सार्वजनिक गरीने संस्थाका अध्यक्ष कृष्ण थापाले बताए । 

संस्थाले सदस्यहरुका लागी स्वास्थय विमा अन्र्तगत सेवा गदै आएको छ । 

 
 

प्रतिक्रिया दिनुहोस