logo
Logo Side Banner

सराङकोटमा सामुहीक आलु खेती

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । भावना सामुदायिक कृषि सहकारी संस्था द्धारा शेयर सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सामुहिक आलु खेती सुरु गरेको छ । स्थापना देखि सहकारीले कृषि आर्यआजन मुलक कार्यहरु सामुहिक धान , गहु ,केराउ , अदुवा , बेसार , सहित मौरी पालन व्यवसायलाई प्रोत्सान सहयोग गदै आएको संस्थाका प्रवन्धक दिपक थापाले बताए । 

कृषि ज्ञान केन्द्रको सहयोगमा कृषि उपकरण  र बिउ आलु वितरणको शुभारम्भ गदै पोखरा महानगरपालिका वार्ड नं १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सीनाले कृषि उत्पादन लाई भण्डारण सहित बजार ब्यवस्थापनको लागी महानगरले दुई स्थानमा चिस्यान केन्द्र संचालन गरेको बताए । 

कृषि उत्पादन भएका तरकारी फलफुललाई कृषि एम्वुलेन्स मार्फत सिधा कृषक मार्फत खरीद गरी उचित मुल्यमा बिक्री ब्यवस्थापनमा वार्ड ले सहयोग गर्ने अध्यक्ष तिमिल्सीनाले बताए । 

कृषि ज्ञान केन्द्रका अधिकृत रामकृण अर्यालले उत्पादन मुखी कार्यका लागी केन्द्रले ८० प्रतिशतमा अनुदान दिदै आएको बताए । 
सो कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले कृषि उत्पादनलाई सराङकोट पर्यटन संग जोड्न सके स्थानिय उत्पादनको मुल्य , महत्व,बढ्ने बताए । 

संस्थाका अध्यक्ष बलराम कोइरालाको सभापत्विमा भएको कार्यक्रममा वार्ड सदस्य कल्पना ढकाल ,कृषि संञ्जालका अध्यक्ष वेल बहादुर थापा ,सचिव मिन बहादुर थापाले कार्यक्रम माथी प्रकाश पारेका थिए । 

सराङकोटमा विभिन्न समुह मार्फत यस बर्ष ३ हजार के.जी आलु रोपिने र आगमी बर्ष थप क्षेत्रको पहिचान गरी आलु उत्पादन लाई महत्व दिदै आउने भएको छ । केन्द्र मार्फत सहकारीले करीब ३० रोपनी जग्गा मा महिला समुह मार्फत ६०० के जी आलु खेती गरीने योजना रहेको महिला समुहका संयोजक सिता थापाले बताईन । 

प्रतिक्रिया दिनुहोस