logo
Logo Side Banner

कास्की आर्दश समाज कतारद्धारा रक्तदान

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

  कास्की आर्दश समाज कतारको आयोजनामा तथा कास्की आर्दश समाज नेपालको समन्वयमा पोखरामा रक्तदान भएको छ ।

 

कास्कीबाट विभिन्न पेशा, व्यवसाय, रोजगारको सिलसिलामा कतार पुगेका नेपालीद्धारा स्थापित समाजले रगतको अभावलाई मध्यनजर गर्दै गरीएको रक्तदानमा ४८ जनाले रक्तदान गरेका थिए ।

 

पहिलो रक्तदाता कार्यक्रम संयोजक अमृत विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वार्ड नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले समाज मार्फत हुने सामाजिक कार्यमा सहयोग रहने बताए ।

 

कार्यक्रममा रक्तदान अभियान्ता क्षत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले , विदेशमा रहेर पनि जन्मभूमिको माया सामाजिक कार्य हुनु महत्वपूर्ण रहेको बताए ।

 

रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले स्वस्थ व्यक्तिले वर्षको ४ पटक रक्तदान गर्न सकिने बताए ।

 

रगतको विकल्प रगत मात्रै भएकोले मानविय सहयोगमा महत्वपूर्ण सहयोग रक्तदान भएको आकस्मिक रक्तदान यूनिट संयोजक नेत्र ढकालले बताए ।

 

कास्की आर्दश समाज नेपालका अध्यक्ष विश्वबन्धु थापाको सभापत्तित्वमा भएको कार्यक्रममा कास्की आर्दश समाजका संस्थापक सह सचिव हंसराज ढकाल , पूर्व अध्यक्ष तिलकशाली सापकोटा, नारायणी भण्डारी लगाएतले समाजको बारेमा जानकारी गराएका थिए ।

 

सन २००२ मा स्थापित कास्की समाजको  १९  भन्दा बढी देशहरुमा शाखा विस्तार भएको कतार समाजका अध्यक्ष अग्निधर देवकोटाले बताए ।

 

संस्थामार्फत मानवीय सहयोग , स्वास्थ्य शिक्षाका विविध कार्यहरु गरीदैँ आएको समाजका पूर्व सह सचिव हशंराज ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस