logo
Logo Side Banner

कास्की आर्दश समाज कतारद्धारा रक्तदान

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । कास्की बाट विभिन्न पेशा ब्यवसाय गर्न कतार गएका नेपालीहरु द्धारा स्थापित सामाजिक संस्था कास्की आर्दश समाज कतार द्धारा पोखरामामा रत्तदान कार्यक्रम गरीएको छ । 

पहिलो रत्तदाता कार्यक्रम संयोजक अमृत विश्वकर्मालाई ब्लड ब्याग वितरण गदै पोखरा महानगर पालिका वार्ड नं ४ का अध्यक्ष देब कृष्ण पराजुली ले समाजिक सेवा  कार्यमाा वार्ड समिति को सहयोग रहने बताए । 

कार्यक्रममा पोखराका रत्तदान अभियान्ता क्षत्री समाज नेपालका केन्दीय महासचिव कृष्ण बहादुर थापाले विदेशमा रहेर पनि जन्मभुमिको माया ,सामाजिक कार्य हुनु महत्वपुर्ण रहेको बताए । 

कार्यक्रममा रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बर्षमा ४ पटक रत्तदान गर्ने बानीको विकास संगै मानविय कार्य हुने बताए । 

रगतको बिकासमा कुनै औषधी नभएकोले रत्तदान गर्न आकस्मीक रत्तदाता समुहका संयोजक नेत्र ढकालले आहावन गरे । 

कार्यक्रममा ४५ प्वाइन्ट रतग सङकलन भएको छ । 

समाजका अध्यक्ष विश्वबन्दु थापाको सभापतित्वमा भएको कार्यक्रममा समाजका संस्थापक सचिव हन्सराज ढकाल,पुर्वउपाध्यक्ष तिलक साली सापकोटा ,नारायणी भण्डारीले आ आफ्नो भनाई राखेका थिए । 

संन २००२ मा स्थापित समाजहरु ४० भन्दा देश हरुमा शाखा समिति रहेको र समाज मार्फत मानबिय सहयोग ,शिक्षा का विविध कार्यक्रमहरु गरीदै आएको संस्थापक देसराज ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस