logo
Logo Side Banner

देशभर १९ हजारभन्दा धेरैमा डेङ्गी सङ्क्रमण

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

देशभर डेङ्गी सङ्क्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।

काठमाण्डौमा तीन हजार एक सय तीन, कास्कीमा दुई हजार आठ सय ४७, तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा पाँच सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा।शेरबहादुर पुनले मनसुन सकिएपछिको अहिलेको अवस्थामा डेङ्गीको जोखिम अझ बढी हुने बताउनुभयो । दशैँलगत्तै अस्पताल पुग्ने डेङ्गीको बिरामी बढिरहेका र समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस