साराङ्ग खेल र विशेष फुलपाती बढाई कार्यक्रम सराङकोटमा हुने भएको छ । नेपालको इतिहास राज्य एकिकरण संग जाृेडिएको युद्द कौशल संग जोडिएको साराङ्ग नाच लाई खेलको रुपमा करिव ७०० बर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखी गरीदै आएको इतिहासलाई क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा पुन सकृय गरीने भएको छ ।
नेपालको एतिहासीक संस्कृती संरक्षणमा नया पुस्ताहरुलाई सहभागी गरीने उद्देश्य सहित यस बर्ष देखी निरन्तरता दिने गरी सुरु गरीएको सराङकोट धार्मिक पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सीले बताए ।
पुर्व पश्चिम उचा्इ भएको सराङकोटमा हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ , हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको विशाल मुर्ती संगै परापुर्व कालदेखी मानिदै आएको भुमे कालिका देबी भैरव ,चण्डी मन्दिरको पुन निर्माण भैसकेको छ । हाल सम्म ३० करोड र्खच भैसकेको सराङकोटको पहिचानलाई पूर्न निमार्ण संगै भ्यूटावरको निमार्णले पर्यटकलाई आकर्षण दिई रहेको छ ।
नेपालको संस्कृति परम्परा सबै जाती भन्दा माथि रहेकाले साराङ्ग खेललाई धार्मिक पर्यटन संग जोडी यूवा पुस्तालाई सहभागी गराउन सके सराङकोटको पहिचान विश्वमाझ थप परिचित हुने क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापाले बताए ।
सयौ बर्ष देखी मनाइदै आएको फुलपाती बढाई लाई पुन सकृय गराई विजयदशमीको फुलपाती असोज २४ गते सराङकोट क्षेत्रमा विशेष रुपले मनाइने योजना रहेको पोखरा महानगर पालिका वार्ड नं १८ का अध्यक्ष शिब प्रशाद तिमिल्सीनाले बताए ।
इतिहासको खोजी संगै सबै जातीको सहभागितामा साराङ्ग खेललाई नियमित गदै ,संरक्षण गरीने योजना रहेको क्षत्री समाज नेपाल पोखरा १८ सराङकोटका अध्यक्ष अमर बहादु्र थापाले बताए ।
कार्यक्रम सफल पार्न पोखरा १८ मा रहेका सामाजिक ,धार्मिक ।संघ संस्थाहरु समेटी बृहत आयोजक समिति गठन गरीएको छ ।
सराङखेलमा सराङकोटका १० देखी ७० बर्ष सम्म का ५० जनाको सहभागि रहेको प्रशिक्षण का लागी गण्डकी प्रज्ञाप्रतिष्ठानले सहयोग गरेको थियो
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
सहयोगका लागी आह्वान
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
प्रचण्ड प्यानल हराउदै बर्षमान प्यानल निर्बाचित