समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरीमाना गरिएको छ । ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले जरीमाना गरेको हो ।
लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले हिजो बजार अनुगमन गरेको थियो ।
अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं रुपैयाँ बराबरको म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ । त्यस्तै ऋषिजल पानी कम्पनीले मिनरल वाटरु को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
सहयोगका लागी आह्वान
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
प्रचण्ड प्यानल हराउदै बर्षमान प्यानल निर्बाचित