राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि ठूलो पानी परेका क्षेत्रमा अबका दिनमा थोरै पानी परे पनि पहिरोको उच्च जोखिम रहेको जनाएको छ । साथै प्राधिकरणले पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा।डिजन भट्टराईका अनुसार असोज १० देखिको मुसलधारे वर्षाले धेरै ठाउँमा जमिन गलेको अवस्था हुँदा अब सानो पानी परे पनि ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम कायमै रहेको बताउनुभयो ।
यात्रामा पनि पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षित ठाउँमा गाडी रोकेर पानी पर्ने क्रम रोकिएपछि मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्राधिकरणको अनुरोध छ । पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्न पनि प्रवक्ता डा।भट्टराईको आग्रह छ ।
मौसम पूर्वानुमानअनुसार आजदेखि पर्सिसम्म कोशी, बाग्मतीलगायतका प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज पूर्वका केही ठाउँमा पानी परेको छ । ती क्षेत्रका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ