भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआइ नेपालले २०२३ को सूची सार्वजनिक गर्दै यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको हो ।
नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा रहेपनि अंकमा भने सुधार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन् । तर नेपाल भ्रष्टाचारव्याप्त मुलुकभित्र भने कायम रहेको उनको भनाइ छ ।
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८औं स्थानमा छ । विश्वका १८० देशलाई समेटेर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको सूचकांकमा नेपाल १०८औँ स्थानमा देखाएको हो ।
सन् २०२२ को तुलनामा २०२३ को सूचीमा नेपालले दुई स्थान सुधार गरेको हो । सन् २०२२ मा नेपाल यो सूचीको ११०औँ स्थानमा रहेको थियो ।
सार्वजनिक गरिएको सूचीमा नेपालले १०० पूर्णाङ्कमा ३५ अंक पाएको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र बनेको हो । प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरु अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् ।
सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंकका साथ २७औँ स्थानमा, भारत ३९ अंकका साथ ९३औँ स्थानमा, माल्दिभ्स ३९ अंकका साथ ९३औँ स्थानमा छन् । श्रीलंका ३४ अंकका
साथ ११५औँ स्थानमा, पाकिस्तान २९ अंकका साथ १३३औँ स्थानमा, बंगलादेश २४ अंकका साथ १४९औँ स्थानमा र अफगानिस्तान २० अंकका साथ १६२औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंकका साथ सूचीको ७६औँ स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
स्याङ्जामा टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार
पोखरामा आजदेखि दाइँ महोत्सव हुने