logo
Logo Side Banner

पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो । 

समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बनाउने निर्णय भएको बताए । समितिकाअनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ । 
‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो ।’

यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्धार निर्माण गरेको छ । 

प्रतिक्रिया दिनुहोस