सहकारीको माध्मले समाजमा विविध रचनात्मक कार्यहरु गरीएको कदर स्वरुप सराङकोट बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरीएको छ ।
पोखरा स्थरीय स्वास्थ्य सेवा अर्नगत गुणस्तरीय ल्याव सेवा दिने उद्देश्यले स्थापीत स्टार डाईग्नोष्टीक सेन्टरले सराङकोट सहकारी लगायत गोल्डेन सहकारी,नव सिर्दाथ महिला सहकारी , रामघाट आमा समुह ,तमु लेहु स्याङ्गजा ,तमु समाज ,लायन्स क्लव फिस्टेल सिटी पोखरा ,लोक दोहोरी ब्यवसायीसंघ ,कृष्णटोल विकास संस्था ,तल्लो गाउ टोल विकास संस्था ,दुरा समाज कास्कीलाई सम्मान गरीएको अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।
पोखरामा बढ्दो अस्पताल संगै भरपर्दो ल्याव सेवा आवश्यक देखिएकोले विभिन्न क्षत्रका स्वास्थय विशेष विशेषज्ञ क्यानसर रोग परिक्षणका लागी सेन्टर स्थापना भई सेवा दिदै आएको सचिव नेत्र ढकालले बताए ।
कार्यक्रममा सम्मानित संस्थाहरुलाई समाज सेवी नरेश कुमार थापा, बरिष्ठ प्राविधिक महेन्द्र के .सी . आकस्मीक रत्तदान समुहका अध्यक्ष हरिश्चन्द्र शर्मा ले सम्मान गरेका थिए । सेन्टरका अध्यक्ष अर्जुन प्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा गोल्डेन सहकारी का पुर्व अध्यक्ष वालकृष्ण वराल , कोषाध्यक्ष सुनिता लम्साल संचालक यशोधरा दुरा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित