logo
Logo Side Banner

चिसो बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

चिसो बढेपछि महोत्तरीका तीन पालिकाले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले हिजोदेखि र गौशाला नगरपालिका आजदेखि विद्यालय बन्द गरेका हुन् । 

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक हप्ताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताउनुभयो । 

रामगोपाल नगरपालिकाका मेयर रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताउनुभयो । गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक हप्ताको जाडो बिदा दिइएको गौशाला  नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतवारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ । 

प्रतिक्रिया दिनुहोस