logo
Logo Side Banner

लायन्स क्लबद्धारा रक्तदान कार्यक्रम

News LogoMina Shrestha 2 बर्ष अगाडि
87 2 minutes read

         लायन्स क्लब अफ पोखरा गोल्डेन र गोल्डेन चौतारीको आयोजनामा पोखरामा रक्तदान गरीएको छ । नारी सेवा समिति र रक्तसञ्चार केन्द्रको सहयोग रहेको कार्यक्रममा ६२ प्वाइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक लायन्सका पूर्व अध्यक्ष किशोर बरालले बताए ।

 

सो कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड न.ं ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मानविय कार्यको महत्वपूर्ण सेवा रक्तदानमा सहभागी हुनु महत्वपूर्ण रहेको र वार्डले सामाजिक कार्यमा सधैँ साथ र सहयोग गरीने बताए ।

 

क्लबका अध्यक्ष हिरामणि पण्डितको सभापतित्वमा भएको कार्यक्रममा ७६ औँ पटक रक्तदान गर्ने अभियान्ता कृष्ण थापा, वार्ड सदस्य गोविन्द प्रसाद पराजुली, रक्तदान कार्यक्रम डिष्ट्रीक प्रमुख ठाकुर अधिकारी, धारापानी टोल विकास संस्थाका अध्यक्ष शिवप्रसाद वाग्ले, पूर्व अध्यक्ष विष्णु पौडेल, जोन चियर प्रमुख लक्ष्मीनारायण देवकोटा, रिजन चियर प्रमुख शकंर थापा, रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र के.सी. लगायतले रक्तदानको महत्वमाथि प्रकाश पार्दै रगतको विकल्प रगत मात्रै भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस