logo
Logo Side Banner

जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएर मानव अंग मिर्गौला बेचबिखन

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

कलकत्ताको म:म पसलमा मासिक ३० हजारको जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएर मानव अंग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ का ४३ वर्षीय हरि नेपाली छन्। नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका नेपालीले कलत्ताको म:म पसलमा आकर्षक तलबसहितको जागिरको प्रलोभन देखाई नुवाकोटबाट  पीडितलाई झापाको काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याएका थिए। त्यहाँ पीडितलाई झुक्याएर अस्पताल भर्ना गरेर बेहोस पारी मिर्गौला झिक्ने कार्यमा उनले सहयोग गरेका थिए।

पीडितको मिर्गौला अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको थियो। यस घटनामा संलग्न रही उनी फरार रहेका थिए। पक्राउ परेका नेपालीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस