logo
Logo Side Banner

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल बसन्तपुरमा

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको अवलोकन गर्न बसन्तपुर पुगेका छन्। केहीबेरअघि न्युरोडको जुद्धशमशेर शालिकबाट हिँडेर राष्ट्रपति पौडेल बसन्तपुर पुगेका हुन्। आजको दिन मुख्यरुपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी,गणेश र भैरवको दर्शन गर्ने परम्परा छ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति,सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरपालिका मेयररउपमेयरगायतका पदाधिकारीहरू हुनमानढोका पुगेका छन्।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी साधनमा रोक लगाएपछि उनीहरू सबै हिँडेरै बसन्तपुर पुगेका हुन्।  रथयात्रा हेर्न सर्वसाधारणदेखि विदेशी पाहुनाको भीड लागेको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान,रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । 

प्रतिक्रिया दिनुहोस