logo
Logo Side Banner

लिगलिगे दौड प्रतियोगिता आगामी कात्तिक १ गते हुने

News LogoSita 9 महिना अगाडि
87 2 minutes read

यो वर्ष लिगलिगे दौड प्रतियोगिता आगामी कात्तिक १ गते हुने भएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने छ। अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ। 

लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले बताए।

यो पटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा प्रथम हुने धावकलाई एक वर्ष्काका लागि लिगलिगकोटको सांकेतिक राजा घोषणा गरिन्छ। 

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुन्छ।

उपाधि विजेता खेलाडीलाई एक लाख रुपैयाँसहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताए। मेन इलिट (खुला) प्रतियोगितातर्फ सहभागी खेलाडीले निर्धारित १३.८ किलोमिटर दूरी पार गर्नुपर्नेछ। 

प्रतियोगितामा दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १४ हजार र पाँचौँ हुने विजेतालाई  १० हजार पुरस्कार प्रदान गरिनेछ। तीन समूह चरणमा हुने प्रतियोगितामा स्थानीयवासी र विद्यार्थीले पनि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।

स्थानीय खुलातर्फ भाग लिएर विजेता हुन खेलाडीमध्ये प्रथम हुनेले २० हजार, दोस्रो हुनेले रु १५ हजार तथा तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन्। विद्यार्थीतर्फ प्रतियोगितामा सहभागी हुन पाउने १८ वर्र्षभन्दा मुनिका छात्रले भने पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड पूरा गर्नुपर्ने छ।

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो।

प्रतिक्रिया दिनुहोस