पोखरा । कास्कीको पोखरामा भएको लामाचौर कप राष्ट्रिय भलिबलमा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
हिजो भएको फाइनलमा न्यु डायमन्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।
पुलिसले डायमन्डलाई १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजित पुलिसले लगातार तीन सेट जित्यो ।
पुलिसले उपाधिसँगै नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषतर्फको फाइनल खेल आज हुँदैछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा फिस्टेल स्पाेर्टस हुने