देशभरीका बिजुली ब्यवसायीकहरुको छाता संगठन नेपाल बिधुतीय ब्यवसायी महासंघको रुपान्तरित स्थापनाको दिवसको अवसरमा नेपाल भरीका महासंघमा आवद्ध जिल्ला ,नगर संघले एकै साथ रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जसअन्र्तगत पोखरा इलेक्ट्रिकल एसोसियसनले पनि खुल्ला रत्तदान कार्यक्रम गरेको छ । पोखरा इलेक्ट्रिकल एसोसियसनका अध्यक्ष गिरीराज बरालको सभापतित्वमा सुरु भएको कार्यक्रममा ४३ यूनिट रगत सकंलन गरीएको छ । कार्यक्रम प्रमुख अतिथि पोखरा उद्दोग वाणिज्य संगका अध्यक्ष पवन प्रजापतिले उद्धघाटन गरेका थिए ।
बिशेष अतिथिमा नेपाल बिधुतीय ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा पोखरा इलेक्ट्रिकल एसोसियसन का पुर्व अध्यक्ष एंव सल्लाहकार प्रेम बहादुर जि.सी ,नेपाल बिधुतीय ब्यवसायीक मंहासघंका कार्यसमिति सदस्य केशब ढकाल , प्रदेश संयोजक राजु भण्डारी ,संस्थाका पुर्व अध्यक्षहरु ,कार्यसमितिका पदधिकारीहरु ,अन्य सदस्यहरु लगायत को उपस्थीती रहेको थियो । नेपाल रेडक्रस सोसाइटी कास्की ,प्रादेशिक रक्तसंचार सेवाका बरिष्ठ प्राबिधिक महेन्द्र के.सी टिमले सहयोग गरेको थियो ।
सो कार्यक्रममा पोखरा उद्दोग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पहिलो रत्तदातालाई बल्ट ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।संस्थाका सह-कोषाध्यक्ष श्री बिजय क्षेत्रीको संयोजकत्व मा सम्पन्न कार्यक्रमको संचालन माहासचिब कृष्ण भण्डारी ले गर्नुभएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित