logo
Logo Side Banner

मुस्ताङमा दोस्रो पटक गल्फ च्यालेन्ज आयोजना

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ४५ मिटरको उचाइमा भदौ मसान्तमा गल्फ च्यालेन्ज हुने भएको छ ।  खेल हुने ठाउँका रुपमा मुस्ताङको लोमान्थाङलाई विश्वसामु चिनाउन कसरत गरिरहेका गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रधारा विष्टको नेतृत्वमा लोमान्थाङ गाउँपालिकाले मैत्रीपूर्ण गल्फ खेलाउने भएको हो ।

विष्टकै नेतृत्वमा पोखराका चार गल्फरले गत असार १८ गते गल्फ खेल्दै कोर्षको स्केच गरेका थिए । विश्वभरमा गल्फर भित्राउने सपना देखेका विष्टको नेतृत्वमा देशका विभिन्न सहरबाट बोलाएर भदौ ३० गते खेलाउन लागेका हुन् ।

पोखरा, काठमाडौं, बुटवल, धरानलगायतका सहरबाट ४० जना गल्फर लोमान्थाङमा खेल्ने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । गत साल सफल भएपछि यसपटक सिंगो गल्फ क्षेत्रकै ध्यानाकर्षण हुने गरी दोस्रो पटक गल्फ च्यालेन्ज आयोजना गरिएको पूर्व सांसद विष्टले जानकारी दिए ।
४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको लोमान्थाङको गर्फ कोर्ष विश्वकै हाइ अल्टिच्युडका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रक्रिया अगाडि बढाइएको पनि विष्टले जानकारी दिए । ४० जना सहभागीमध्ये ४ जना महिला गल्फरले पनि खेल्ने विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस