पोखरा । हेल्लो सरकारको २४ घण्टे सेवा शुरुआतपछि गुनासा आउनेक्रम बढ्न थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार दोलखाको बिगु गाउँपालिकाको गुनासो सम्बोधन गरी शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत हिजो ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा बेड नपाएको गुनासो गर्नुभएको थियो । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार यो सेवामा फोनमार्फत गुनासो टिपाउने सङ्ख्या बढेको छ । नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ शुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ।
आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित