logo
Logo Side Banner

डेङ्गीको सङ्क्रमण रोक्न प्रभावकारी काम हुन सकेन

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

नेपालमा डेङ्गीको सङ्क्रमण दिनहुँ बढ्दोक्रममा छ । तर सङ्क्रमण रोकथामका लागि प्रभावकारी काम हुन सकेको छैन । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा ११ हजार छ सय ५९ जना छन् । तर तथ्याङ्कमा भन्दा अझ धेरै प्रभावित भएका हुन सक्ने अनुमान छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाण्डौमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४, ललितपुरमा एक सय ७४ जना डेङ्गी बिरामी भेटिएका छन् ।

महाशाखाले यसअघि नै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । तर रोकथामको प्रयास प्रभावकारी नहुँदा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी पर्ने र घाम लाग्ने हुँदा डेङ्गीको सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस