गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर ज्यान गएको छ ।
आरुघाट–८ को लामाबगरमा अरिङ्गालको गोला पोल्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर खस्दा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
३६ वर्षका माझीको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित