वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।
नेपालीको हिजो बेलुका जनकपुरमा रहेको म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनु भएको हो।
उहाँ झन्डै १४ महिनादेखि बिरामी हुनुहुन्थ्यो । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उहाँको जन्म भएको थियो ।
नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता शुरुआत गर्नुभएको थियो भने विसं २०१५ सालमा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन शुरु गर्नुभएको थियो ।
उहाँ लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित