logo
Logo Side Banner

नवलपरासी पूर्वको चालीसकिलोमा ट्रक पल्टियो, १७ वटा भैँसीरपाडा मरे

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । 

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस