logo
Logo Side Banner

सराङ्गकोट सहकारीमा समिक्षा सहित सहकारी शिक्षा तालिम

News Logoसराङ्गकोट खवर 2 बर्ष अगाडि
87 2 minutes read

 सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक समिक्षा तथा सहकारी शिक्षा तालिम भएको छ । सो तालिममा संस्थाका संचालक उपसमिति सलाहकार र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

२०६३ मा स्थापित सहकारीले कास्की जिल्ला कार्यक्षेत्र भई शेयर सदस्यहरुको लागि बचत तथा ऋण र सामुदायिक रेडियो सराङ्गकोट संचालन गर्दै आएको  छ । 

वर्तमान परिवेशमा सहकारीको भुमिका ,शेयर सदस्य,संचालक कर्मचारीहरुको  जिम्मेवारी,कर्तव्य सहकारी ऐन नियम संम्वन्धमा रास्ट्रीय सहकारी बैंकका प्रबन्धक नरेश  पाण्डे र सन्तोष घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

संस्थाको हाल शेयर पुजी ७ करोड १३ लाख  ऋण लगानी ५४ करोड ६० लाख कुल पुजी ६४ करोड र शेयर सदस्री ६२३ जना रहेको ब्यबस्थापक सुरेन्द्र थापाले बताए ।

बाषिर्क समिक्षामा संस्थाका सचीव कुल प्रसाद सुवेदी , कोषाध्यक्ष राममणि पौडेल.लेखा संयोजक शिव बहादुर वानिया,कर्जा संयोजक रमेश कुमार थापा ,असुली संयोजक माया कुमारी शर्मा ले संस्थागत प्रतीवेदना राखेको थिए ।

 संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष सुशील राज पराजुली ,प्रेम बहादुर जि।सि सलाहकार सोभियत बहादुर अधिकारी ,डा।इन्द्रमान महर्जन ,उपाध्यक्ष वसन्त बहादुर वानिया लगायतले आ(आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस