देशभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो ।
उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गरेका छन् । यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो ।
स्वचालित पेशी तारेख सुरु भएपछि एसएमएसमार्फत जानकारी समेत उपलब्ध हुने जनाइएको छ । मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुनेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित