पोखरा महानगरपालिका वार्ड नं. १८ मा रहेका भूमिहिन, सुकुम्बासी अव्यवस्थित रुपमा रहेका ५६९ जनालाई जग्गाधनि निस्सा वितरण गरीएको छ ।
नेपाल सरकारको निर्णय अनुसार २०७७ मा भूमि आयोगमार्फत भूमिहिन भएका सुकुम्बासी, दलित १० वर्ष देखि जोत भोग गरेका नेपालीलाई जग्गााधनि बनाउने लक्ष्य अनुसार लागत संकलन, आह्वान गरीए अनुसार र १२०० जनाको आवेदनबाट ९६५ को लागत तयारी गरीएको वार्ड अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए ।
चरणवद्ध रुपमा छुटेका भूमिहिनलाई क्रमशः निस्सा हुदैँ लालपूर्जा वितरण प्रक्रियामा जान वार्ड अध्यक्ष तिमिल्सिनाले बताए । निस्सा वितरणको शुभारम्भ गर्दै राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले वास्तविक भूमिहिन भएका नागरीकलाई सकेसम्म प्रक्रियामा ऐन, नियम अनुसार जग्गाधनि प्रमाण पूर्जा वितरणको लागी आयोग सक्रिय रहेको बताए ।
आयोगले कार्यतालिका अनुसार कास्की जिल्लाका ३५ हजार जनाको निस्सा तयारीमा रहेको र वर्तमान आयोगसङ्गै स्थानिय वार्ड समितिलाई मुख्य आधार मानी लगत्तै विवरण सङ्गलन सङ्गै लालपूर्जा वितरण गर्ने गरी कार्य थालनी गरीएको अध्यक्ष पोख्रेलले बताए ।
सो निस्सा वितरण कार्यक्रममा वार्ड सदस्य कल्पना ढकाल, वार्ड सचिव मिना पौडेल, भूमि आयोगका सदस्य उमाकुमारी थापाले निस्सा वितरणले स्थानिय स्तरमा महत्वपूर्ण भुमिका रहेको बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित