logo
Logo Side Banner

भूकम्प प्रभावित क्षेत्रमा आजदेखि दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

सरकारले भूकम्प प्रभावित क्षेत्रमा आजदेखि दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन हुनेछ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाउने बताउनुभयो।

उहाँले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर यो पटक खोप अभियान सञ्चालन हुन लागेको बताउनुभयो । प्रभावित ठाउँमा बालबालिकामा पोषण पनि कम भएको दूषित पानीलगायतका कारण जोखिम भएकाले दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उहाँको भनाइ छ ।

 ती जिल्लामा छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार जना र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या छ लाख ५० हजार जना रहेको छ । आजदेखि शुरु हुने खोप अभियान यही पुस १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस