बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ०५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।
तीनवटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिएका छन् ।
बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।
आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित