logo
Logo Side Banner

शिक्षण पेसाबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाइ

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्, फुर्सदिलो समय बिताउँछन् । तर बाग्लुङका एक शिक्षक भने ३७ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि सुन्तला खेतीमा रमाउनु भएको छ । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरकासाथ उहाँ सुन्तलाखेती गर्दै आउनु भएको छ । 

शिक्षक पेसाबाट अवकाश हुनुभएका बाग्लुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएको हो ।  

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्टि मिलेको खड्काले बताउनुभयो । उहाँले आठ रोपनी जग्गामा लगाउनुभएको छ । उहाँको बगैँचामा दुई सय वटा सुन्तलाको बोट रहेका छन् ।

ुपरम्परागत कृषि पेसा पुर्ख्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बनेँ, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई पाँच लाख रुपैयाँमा एकमुष्ट बिक्री गरेँ, गएको वर्ष  सुन्तला बिक्रीबाट पाँच लाख रुपैयाँ कमाएको होु, खड्काल भन्नुभयो । 

सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका उहाँले बताउनु भयो । आउँदो वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ । 

खड्काले भन्नुभयो, ुपरम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाइ गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर तीन करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गर्दछ ।ु

पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस