logo
Logo Side Banner

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १८ जना घाइते

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

मुग्लिनबाट पोखराका लागि छुटेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।  ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेको  हो । 

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका  २१ वर्षीया सविता सुनार,  १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षीय प्रदीप गोदार छन् । 

त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका वडा नं २ की ३४ वर्षीया पिल्लीमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ की ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र  २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षेीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् । 

भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीकी ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्ककी ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीकी ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णीमा भट्टराई छन् । 

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस