logo
Logo Side Banner

राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादीसहित पाँच दलले गराए दल दर्ता

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।  आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९  गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ । 
 

प्रतिक्रिया दिनुहोस